८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर सूर्यविनायक बस्ने एक युवकको मनाङमा लेक लागेर मृत्यु



२९ कात्तिक ०७८, काठमाडौं । रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको मनाङमा लेक लागेर मृत्यु भएको छ ।

तिलिचो ताल भ्रमणका लागि गएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्पमा पुगेका उनलाई हाई अल्टिच्यूड र चिसोका कारण लेक लागेर विरामी भएपछि उनको टोली नै फिर्ता भएको थियो । उनीहरू काठमाडौंबाट बेंसीसहर–चामे–मनाङ हुँदै खाङ्सारसम्म मोटरसाइकलमा पुगेका थिए । खाङ्सारबाट माथि सडक नभएका कारण उनीहरू हिँडेरै तिलिचोतर्फ गएका थिए ।

करिब ६ घण्टाको बाटो खाङ्सारसम्म बोक्दै, हिँडाउँदै ल्याएको र त्यसपछि आधा घण्टा सवारी साधन चढाएर मनाङ ल्याइएपछि उनको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । हेलिकप्टरले उद्दार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।