८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका यी ठाउँमा आज चार घण्टा बत्ती जाने



३० कात्तिक ०७८, ललितपर । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मंगलबार चार घण्टा बत्ती जाने भएको छ ।

विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ । यस्तै मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि तीन बजेसम्म बत्ती काटिनेछ ।

यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि तीन बजेसम्म बत्ती जानेछ ।

यस्तै भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।