१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन




३० कात्तिक ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् । न्युज कारखाना

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।