७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलंकीमा पठाओ स्कुटर दुर्घटना, दुई जनाको मृत्यु




१ मंसिर ०७८, काठमाडौं । काठमाडौं कलंकीमा पठाओ स्कुटर दुर्घटना हुदाँ चालक र यात्रु गरेर दुबै जनाको मृत्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक मंगलबार ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मुत्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।

परिसरका अनुसार कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले डक्टर दिदाँ स्कुटर चालक र पछाडी बसेका यात्रु घाइते भएका थिए । गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो । तर, दुवै जनाको उपचारका क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।