१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं र ललितपुर अझै कोरोनाको ‘रेड जोन’मा



१ मंसिर ०७८, काठमाडौं ।  नेपालमा काठमाडौं र ललितपुर अझै कोरोनाको रेड जोनमा रहेको छ । नेपालका पाँच जिल्ला भने ‘कोभिड फ्री’ रहेको पाइएको छ । शून्य सक्रिय संक्रमित हुनेमा हुम्ला, डोल्पा, जाजरकोट, मनाङ र ओखलढुंगा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित पाँचसयभन्दा बढी रहेको छ । यी जिल्लालाई संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राखिएको छ ।
त्यस्तै झापा, मोरङ, सुनसरी, धनुषा,भक्तपुर, कास्की नवलपरासी पूर्व, रुपन्देही बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयदेखि पाँचसयसम्म रहेको छ । यीबाहेक अन्य जिल्लामा दुईसयभन्दा कम सक्रिय संक्रमित रहेका छन् । बुधबारसम्म नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

बुधबार थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरमा १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ ।
नेपालमा बुधबार २०२ जना निको भए भने हालसम्म ७ लाख ९८ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : १८ बजे