१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर स्ववासीकोे समस्या समाधान गर्न शुरु गरिसकेको छुः मन्त्री श्रेष्ठ



२ मंसिर ०७८, भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्ला स्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफु लागिरहेको बताइन् ।

उनले पत्रकारजगतले सहि सूचना संप्रेषण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउने भन्दै अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना संप्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन समेत आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पुरा हुन नदिन यस अघि जस्तै गरि सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोड दिईन् ।

श्रेष्ठले संविधान अनुसार सेना, प्रहरी, प्रशासन र न्यायलयमाथि अग्रगामी पुनरसंरचना गर्न नसेका कारण सोचे जसरी काम गर्न समस्या थपिएको भन्दै यसले संघीयताको कार्यान्वयनमा समेत थप चुनौति थपिरहेको बताईन ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ५ : ०७ बजे