
मंसिर ३ ०७८, काठमाडौं । कोरोना माहामारीपछि राजधानीमा आज शुक्रबारबाट १८ औं हस्तकला व्यापार मेलातथा १६ औं कला प्रतियोगिता आजबाट सुरु भएको छ ।
नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको बौद्धस्थित होटल हायात् रिजेन्सीमा आज मंसिर ३ गते देखि ५ गतेसम्म्म चल्ने मेलाको शुक्रबार उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसलाई विश्व बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्रीले औंल्याए ।
प्रधानमनत्री देउवाले हस्तकलामा कोरिएका चित्रहरु, मुर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई आग्र्रह समेत गरे । सरकार हस्तकला क्षेत्रको संरक्षणका लागितयार रहेको बताउदै उनले आवश्यक ऐन तथानीतिबनाएर अगाडि बढ्न सहयोग गर्ने बताएका थिए । “मेलाको अवलोकन गर्दा अति सुन्दर मुर्ति, कला, मिहिनेत देख्दा म खुशि छु । हाम्रो पहिचानकायम राख्न धेरै कालीगढहरुले परम्परागत, आधुनिक शैलीमामिहिनेत गरेर सुन्दर मुर्ति, फेसन, विभिन्नकालाकृतिका सामाग्रीहरुले मेलाअत्यन्न सुन्दर बनाएको छ । ।” उनले यो नै देशको पहिचानहो । यसको जगेर्नामा सरकार प्रतिबद्ध रहेको बताउदै प्रधानमन्त्री देउवाले हस्तकलाको विकास गर्न कागजी, धातुका साथै पोशाकीप्रयोगका सामाग्रीहरु निर्माणसँगै विश्वबजारीकरण आजको आवश्यकतामा जोड दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथानागरिक उड्डयान मन्त्री प्रेम आलेले देशको धर्म संस्कृतिपहिचान नै हस्तकला भएको बताउनुहुँदै मन्त्रीआलेले देशको अर्थतन्त्रमा हस्तकालाको करिब सात आर्बको व्यपार गरेको बताए । मेला सफलताको कामना व्यक्त गर्दै हस्तकला उद्यमीलाई उच्न मोनोबलका साथव्यवसाय गर्न आग्रह गरे । सरकारले हस्तकालाको व्यवसायीकरणका लागिआवश्यक सहयोग गर्न तप्पर रहेको उल्लेख गरे ।
त्यसैगरि कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सृजनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताएका थिए । शाक्यले हस्तकलाको पहिचान र संरक्षणको लागिकलावर्ष घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए । उनले साच्चै सरकारले हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्सहान गर्न सरकारी कार्यलयमा स्वदेशीउत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमाव्यवस्था गर्नुपर्नेमा जोड दिए ।
मेलामा विभिन्न हस्तकलाका विधाकाएकसय २० भन्दा बढी स्टल रहेको जानकारी दिंदै उनले मेलाका म्ख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँकल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको बताएका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले मेला बारेको प्रकाश पार्दै सम्पूर्ण अतिथिहरुमा स्वागत मन्तव्य व्यक्त गरेका थिऐ ।
त्यसैगरि कार्यक्रममा प्रधानमन्त्री देउवाले साधनामाला पुस्तकको विमोचन, महासंघको व्यवसायिक अनलाईन पोर्टल ईकलाको समेत शुभारम्भ गर्नु भएको थिए ।
मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ–नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।
मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामाप्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
नेपालको मौलिककलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौलिककलाकृतिअन्तराष्ट्रिय बजारमासमेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ ।
कार्यक्रममामहासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथाबाह्यबजारलाई प्रवद्र्धन गर्न टेवापुग्ने बताउँदै मेला सफलताको लागि सबैसँग आग्रह गरे ।
कार्यक्रममाउत्कृष्टि व्यवसायीहरु पद्म रत्नधाख्वा, गोपी प्रसाद कडेल, प्रदिपथापा ,जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनुस केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोबिन्द टण्डन, एकदेव अर्याल, चन्द्र बहादुर थापा , नरेशलाल श्रेष्ठ, मेहेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्य लगायतलाई दोसल्ला ओढाइ सम्मान्न पत्रसहित सम्मान्न गरिएको थियो ।







प्रतिक्रिया