१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ नेपाली कांग्रेस प्रदेश सभा अधिवेशनमा मतदान सकियो,गणना हुँदै




३ मंसिर ०७८, काठमाडौं । नेपाली काँग्रेस ललितपुर १ प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि भएको निर्वाचन भर्खरै सकिएको छ ।
क्षेत्र नम्बर १ कमा २ सय ९० भोट मध्ये २ सय ८५ मत खसेको एक सहभागीले ललितपुरखबरलाई जानकारी दिएका छन् । उनका अनुसार ललितपुरको बज्रवाराहीमा भएको मतदानपछि प्रतिनिधिहरु खना खान गएको कारण मतगणना भएको छैन । उनले भने,अव केही बेरमा मत गणना हुन्छ ।
ललितपुर १ कमा सभापतिका उम्मेदवारमा मिलन सिलवाल र तिर्थ बहादुर घलान रहेका छन् ।
ललितपुर १ ख मा भने ३ सय १४ मत खसेको छ । यहाँ कृष्णचन्द्र महर्जनको नेतृत्वमा उभापतिमा रमेश गौत्तम र अमर लामा र सचिवमा तिलक बोम्जन र राजन दाहाल छन् । कृष्णचन्द्रको विरुद्ध ज्ञानबहादुर लो निर्वाचन लडेका छन् ।
ललितपुर २ ख मा सर्वसम्मत
नेपाली काँग्रेसको ललितपुरको २ नम्बर निर्वाचन क्षेत्र ख मा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । नेपाली काँग्रेस निर्वाचन समितीका संयोजक लोक बहादुर कार्कीका अनुसार
ख प्रदेससभा सभापतिमा चन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् । उनको कार्यसमितीमा उपसभापति नातीकाजी महर्जन
र उप रवि महर्जन सचिव सुरेन्द्र बज्राचार्य र सुदिप श्रेष्ठ
सहसचिव प्रमोदमान चित्रकार र महेश श्रेष्ठलगायत छन् ।

 

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २४ बजे