२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्थानीय अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन सकेन : काठमाडौं महानगर



३ मंसिर ०७८, काठमाडौं । स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको बताइएको छ । विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माण काम पनि भएको छैन भने अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन । यसको दोष काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दालाई थुपारेको छ ।
विश्व शौचालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । उनले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको बताएका छन् ।
प्रवक्ता डङ्गोलले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुने भन्दै यसका लागि स्वयम्भू र बानेश्वरमा परीक्षण सुरु गरिसकेको जानकारी दिएका छन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्यले सरकारले खानेपानी र सरसफाइका लागि विनियोजन गर्ने बजेट बढ्न नसकेकाले पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गरे ।

नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुलारुपमै दिसा र पिसाब गरिरहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।