८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर र काठमाडौंका १२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि फाइजर खोप



५ मंसिर ०७८, ललितपुर । काठमाडौं र ललितपुरमा आजदेखि २ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ। यसअघि दीर्घरोगलाई खोप दिइएको थियो। आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो।
दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो। काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो तीन दिनमा खोप केन्द्रमा खोप लगाउन आउने यी उमेर समूहका सबैलाई खोप लगाइनेछ। तर खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएको छ।

ललितपुरमा पाटन अस्पतालमा खोप लगाइनेछ भने काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।