२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु



६ मंसिर ०७८, मेलम्ची । मेलम्चीमा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्।
दुर्घटनापछि बसका चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक बस्नेत मेलम्चीमा रहेको मेरो माइक्रोफाइनाइन्सका कर्मचारी हुन्।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।