
७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।
रुघाखोकी र ज्वरो देखिएपछि सोमबार उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका थिए।







प्रतिक्रिया