२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण   



फाइल तस्बिर

७ मंसिर,०७८, भक्तपुर । स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो ।
यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने बताए ।  नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागाइँले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : २६ बजे