८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्‍घाटन



७ मंसिर ०७८, ललितपुर । ललितपुर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रहरी परिचालनको प्रकृया समेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुम निर्माण गरिएको उक्त परिसरले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।