१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान   



७ मङ्सिर ०७८, काठमाडौँ । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो ।

सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।