१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बाबुले आफ्नै छोराछोरीलाई एसिड प्रहार गरेपछि गम्भिर घाइते




डि.वि. खालिङ
७ मंसिर ०७८, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बाबुको एसिड प्रहारबाट छोराछोरी घाइते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ५ बसन्तबजारका २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् ।
प्रहरीका अनुसार सोमबार राति करिब साढे ८ बजे अन्दाजी ५५ वर्षका मोहन बराइलीले मादक पदार्थ सेवन गरेर छोराछोरीमाथि एसिड प्रहार गरेका थिए । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि सोमवार राति नै थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घाइतेमध्ये छोरीको हातमा मात्रै चोट लागेको छ भने छोराको शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कवित कट्वालले बताए ।
एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।