१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस काठमाडौँ ६ को सभापतिमा खड्गी विजयी



८ मसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज मंगलबार सम्पन्न मतगणनाअनुसार खड्गीले १ सय ८८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्णमान श्रेष्ठले १ सय ७९ मत प्राप्त गरे ।
सचिवमा उत्तम अधिकारी १ सय ९५ र रामशरण पाण्डे १ सय ८१, सहसचिवमा श्रीकृष्ण विडारी २ सय ११ र रवि सापकोटा १सय ६२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत शिवप्रसाद कँडेलले जानकारी दिएका छन् ।
खुला महाधिवेशन प्रतिनिधिमा कृष्ण सबुज बानियाँ २ सय २८, इन्द्रमान महर्जन १ सय ९४, भीमसेनदास प्रधान १ सय ९१, हरिहर अधिकारी १ सय ७८, मनोज भण्डारी १सय ६२, मोहम्मद निजामुद्दीन १ सय ४५, रुपकराज कुँवर १ सय ५६, सानुभाई सापकोटा १ सय ५८, केदारनाथ पाठक १ सय ४४ र इच्छाराम कार्की १ सय ४७ मत ल्याई विजयी भएका छन् ।
यस्तै महिला खुलातर्फ हरिप्रभा खड्गी, यासीमा रहमान, जीवन डङ्गोल र अम्बिका शर्मा लामिछाने, पुरुष खस आर्यमा तेजेन्द्रजङ्ग कार्की, इञ्जिनीयर लक्ष्मण केसी र नवराज भण्डारी, महिला जनजाति सावित्री राजभण्डारी र सविता महर्जन निर्वाचित भएका छन् ।

यसैगरी पुरुष आदिवासी जनजातितर्फ सानुकाजी प्रजापति, विजयकुमार लामा र भाइराम खड्गी विजयी हुनुभएको छ । खड्गी र सुशन वैद्यले समान १ सय ६७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट खड्गीलाई विजयी घोषणा गरिएको हो । खस आर्य महिलामा सिर्जना ढकाल र कान्ता अधिकारी निर्वाचित भएका छन् । समावेशी समूहअन्तर्गत दलितमा गोविन्द परियार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कँडेलले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रमा ३ सय ७७ मत रहेकामा ३ सय ७५ मत खसेको थियो । काठमाडौँ क्षेत्र नं ६ मा बागबजार, ठमेल, लैनचौर, सामाखुशी, गोँगबु, टोखा, झोर, महाँकाल, साङ्ला, काभ्रेस्थली, मनमैजुलगायत क्षेत्र पर्दछन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ३८ बजे