८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर लेलेका खेलाडी सम्मानित




९ मंसिर ०७८,ललितपुर । गतकार्तिक २८ गते सम्पन्न ‘सेभेन ए साईड’ प्रथम मेयर कप फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई ललितपुरको लेलेमा सम्मान गरिएको छ ।
गएको मेयर कपमा गोदावरीको लेलेले गोदावरीलाई ३–१ गोलले हराउँद उपाधि उचालेको थियो ।
खेलाडीहरुलाई हौसला दिने उद्देश्यले नगरपालिकाको वडा नम्बर ५ ले बुधबार सम्मान गरेको वडा अध्यक्ष मिलन सिलवलले बताए । उनले व्यक्तिगत रुपमा प्रत्येक खेलाडीलाई पाँच हजारको दरले रकम प्रदान गरेका छन् । उनले चाँडै नै लेलेमा राम्रो खेल मैदान बनाउने प्रतिबद्दता समेत व्यक्त गरे ।
प्रतियोगितामा गोदावरी नगरपालिकाका सबै वडाबाट टिम सहभागि भएको थियो । कुल २२ टिम मध्ये वडा नम्बर ३ सँग वडा ५ लेलेले प्रतियोगिताको फाइनल खेल खेलेको थियो । उपाधिसँगै लेलेले एक लाख नगद समेत पाएको थियो । उक्त टिमको कोच निकेश श्रेष्ठले गरेका थिए । उनले बेष्ट कोचको उपाधि समेत उचाले भने डिफेन्डर श्रीराम थापाले बेष्ट डिफेन्डरको उपाधि पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : ३२ बजे