१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सानागाँउका सापकोटा बैंकिङ कसूरमा पक्राउ




९ मंसिर ०७८, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर सानागाउँ बस्ने काठमाडौं महानगरपालिका १० घर भएका ५१ वर्षीय दुर्गा शाही सापकोटालाई बुधबार प्रहरीले प्रकाउ गरेको छ ।
प््रहरीका अनुसार उच्च अदालत पाटनको गत वर्ष २०७७ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर सानागाउँबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी हिमालयन बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ८ : २७ बजे