१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेसमा दुई गुट, तीन सभापति,मिनकृष्ण र जितेन्द्रले पनि गरे उम्मेदवारी घोषणा




९ मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रेसमा दुई गुट देखिएको छ । रामकृष्ण चित्रकार र गजेन्द्र महर्जनले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेको भोलिपल्ट विहीबार मिनकृष्ण महर्जन र जितेन्द्र कुमार श्रेष्ठले एउटै मञ्चबाट दुवै सभापतिको उम्मेदवारी घोषणा गरेसँगै जिल्लामा दुई गुटका ३ सभापति प्रत्यासी देखिएका छन् ।
पुर्वसासंद रहेका उदयशम्सेर राणाले मञ्चमा उभिएर मिनकृष्ण महर्जन र जितेन्द्र कुमार श्रेष्ठ दुवैको नाम लिदै उम्मेदार घोषणा गरे । सभापतिमा दुई जनाको उम्मेदवारी घोषणा गरिएको भए पनि अरु पदाधिकारी लगायतको नाम संयुक्त रुपमा घोषणा गरिएको छ ।
उपसभापतिको उम्मेदवारहरुमा कर्ण व्यञ्जनकार र सुर्दशनप्रसाद घिमिरेको नाम प्रस्ताव गरिएको छ । सचिवहरुमा बशिष्ठ अधिकारी र राजनप्रसाद घिमिरे रहेका छन् ।
सहसचिव ऋषिदेव फुँयाल र नविनदेव सिंहको उममेदवारी घोषणा गरिएको छ ।
जिल्ला सदस्यहरुमा सिता घिमिरे,माधव दुलाल,सुनिता घिमिरे बञ्जारा,चुडाप्रसाद तिमल्सिना,मनमायाँ श्रेष्ठ,अमर मोक्तान,श्रृजना थापा,रमेश तामाङ, रोनी पौडेल, विमला घिमिरे,हरिहर कार्की, सुभद्रा पराजुलीलगायतको घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्री समेत रहेका उदय शम्सेर राणाले आफूले पार्टीमा धेरै अपमान सहनु परेको बताएका छन् । अरु भए चाँडै विद्रोह गरिसक्ने बताउदै राणाले हैकमवादको विरुद्ध आफूहरु एकजुट भएको बताए ।
केही समयदेखि जितेन्द्र र मीनकृष्ण जो सभापति भए पनि हुने तर दुवै पक्षको पदाधिकारीको जिल्ला कार्यसमिती बनाउनु पर्ने भद्र सहमती भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा पार्टीको सिस्टम अनुसार चल्ने गरी सहमती गरेको र सबैले यस कुरालाई स्वीकार गरेको राणाले बताए ।
जिल्लामा आफूलाई सबैले सफ्ट नेता भन्ने गरेको र जे सुकै पनि हासिहासी पचाउने नेता बताउने गरेका उनले बताए ।
श्रोतले दिएको जानकारी अनुसार अहिले दुवैको उम्मेदवारी दिने तर अन्तिम समयमा एक जनाले उम्मेदवारी फिर्ता लिने भद्र सहमती भएको छ ।
ललितपुर जिल्लाको १४ औं महाधिवेशन शुक्रबार ललितपुरमा हुँदैछ ।

 

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १ : ४१ बजे