१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेसको नेतृत्व छनौटका लागि मतदान सुरु




मंसिर ११, ललितपुर । ललितपुर काँग्रेसको नेतृत्व छनौटका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा विहान ८ बजेबाट मतदान सुरु भएको नेपाली काँग्रेस ललितपुरका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।
उनले भने, दिउँसो साडे २ बजेसम्म मतदान गर्न पाइन्छ । त्यसपछि लगत्तै सभापतिमा उम्मेदवारको मतगणना हुन्छ । कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नआए फेरि आजै सभापतिमा उम्मेदवार २ जनाको मतदान गर्ने योजना छ ।
ललितपुर काँग्रेसको सभापतिको निर्वाचनका लागि शुक्रबार ३ जनाको उम्मेदवारी परेको थियो । मतदान अधिकृत सुरेस घिमिरेका जिल्ला सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको थियो ।
शुक्रबार ३ बजे प्रकाशित अन्तिम नामावली अनुसार उपसभापतिका लागि कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन,सुदर्शन घिमिरेको उम्मेदवारी परेको हो।

सचिव पदमा भने अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजन प्रसाद घिमिरे, बशिष्ट प्रसाद अधिकारी, र विष्णुप्रसाद तिमल्सिना उम्मेदवारी परेको थियो ।
सहसचिवतर्फ उम्मेदवारहरु अमृतबहादुर कहर्जन,ऋषिदेव फुयाल, गणेश केसी र नविन्द्रदेव सिंह रहेका छन् ।
२ जना उम्मेदवार निर्विरोध निर्वाचित
नेपाली काँगे्रसकोकेन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्कतर्फ रामप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् । महाँकाल गाँउपालिकाकी महिला सदस्यमा सुनिता बञ्जारा घिमिरे निविरोध निर्वाचित भएकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३९ बजे