८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


रुमेशको गोलमा च्यासलको पहिलो जित



फाइल तस्विर

११ मंसिर ०७८, काठमाडौं । रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको हो । ४९औं मिनेटमा राइट कर्नर साइटबाट कमल श्रेष्ठले मिलाएको पासमा १८ यार्ड बक्स लाइनबाट रुपेश बर्तौलाले गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो ।
जितसँगै च्यासलले पहिलो तीन अंक जोड्यो । यता, एपीएफको भने लगातार दोस्रो हार हो । दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १५औँ मिनेटमा च्यासलका कमल श्रेष्ठलाई मनबहादुर रानामगरले फाउल गरेपछि प्राप्त फ्रि किकमा कमलको प्रहार एपीएफका गोलकिपर राजु योगीले पन्च गरि फ्याँकिदिए ।
१७औँ मिनेटमा १८ यार्ड भित्रबाट च्यासलका अजित गुरुङले गरेको प्रहारलाई गोलरक्षक योगीले फेरी विफल पारिदिए । ४०औँ मिनेटमा च्यासलका विकास मेराग्लियानको हेड एपीएफका राजन गुरुङले रोकेपछि रिबाउन्डमा सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले गोल लाइन नजिकबाट क्लियर गरिदिए ।
दोस्रो हाफको चौथो मिनेटमा नै च्यासलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा च्यासलका मउसाले गरेको प्रहार एपीएफका कप्तान टोपबहादुर विष्टबाट डिफ्लेक्ट हुँदै बल पोस्टको माथिल्लो जालीमा अट्किएको थियो ।
६५औँ मिनेटमा च्यासलका केचाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । लिगको पहिलो खेलमा दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ ले तथा च्यासल थ्री स्टारसँग ३–० ले पराजित भएको थियो ।
आजको दोस्रो खेलमा हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दी मैदान उत्रदैछ । खेल दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजेबाट सुरु हुने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : १२ बजे