ललितपुर खबर
१३ मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रेसको उपसभापतिमा गजेन्द्र महर्जन र सुदर्शन घिमिरे विजयी भएका छन् । काँग्रेस जिल्ला उपसभापतिमा २ जना उपसभापतिको व्यवस्था रहेकोले उनीहरु विजयी घोषित भएका हुन् ।
नेपाली काँग्रेस ललितपुरको निर्वाचन समितीले सार्वजनिक गरेको मत परिणाम अनुसार गजेन्द्र महर्जनले ६ सय ७४ मत ल्याएर उपसभापतिमा विजयी भए भने अर्का उपसभापतिका विजेता सुदर्शन घिमिरेले ६ सय ८३ ल्याउन सफल भए । प्रतिश्पर्धी कर्म ब्यन्जन्कारले ५ सय ६७ कत ल्याएका थिए भने खोम प्रसाद घिमिरेले ५ सय ८० मत मात्रै पाउन सफल भएका थिए ।
सचिबमा राजन प्रसाद घिमिरे र वशिष्ठकुमार अधिकारी विजयी भए । उनीहरुमध्ये घिमिरेले ६ सय २८ मत पाएका छन् भने अधिकारीले ७ सय २१ मत सहित विजयी भए । उनीहरुका प्रतिश्पर्धी अमीररत्न बज्राचार्यले ४ सय ८८ मत र कृष्ण भक्त महर्जनले १ सय १८ मत मात्रै पाए ।
साथै बिष्णु प्रसाद तिमिल्सिनाको मत ५ सय ७० रहेको निर्वाचन समितीको भनाई छ ।
सहसचिवतर्फ ऋषिदेव फुँयाल र गणेश केसी विजयी भए । फुँयालले ७ सय १४ मत पाएका छन् भने केसीले ६ सय ७१ मतभारसहित विजयी भएका छन् । उनका प्रतिपर्धीहरु अमृतबहादुर महर्जनले ६ सय २४ मत र नविन्द्रदेव सिंह ६ सय ६६ मत पाए ।
आइतबार दिउँसो नै सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ ५ सय ६५ मत पाएर विजयी घोषणा भइसकेका थिए । उनका प्रतिश्पर्धी रामकृष्ण चित्रकारले ६ सय ५३ मत मात्रै पाएका थिए ।
प्रतिक्रिया