२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनः सचिवमा ओलीले प्रस्ताव गरेका सातै नेता विजयी



१४ मंसिर ०७८, काठमाडौँ । नेकपा एमाले १० औँ महाधिवेशनबाट सात जना सचिव निर्वाचित भएका छन्।

चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन्।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए।

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन्। आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।