६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


केन्द्रीय सदस्य जिते पनि रावलले खाएनन् शपथ




१४ मंसिर ०७८, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले शपथ ग्रहण गरेनन् । एमाले विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी थिए ।
एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले रावलको नाम केन्द्रीय कमिटी सदस्यमा पढेका थिए । तर, रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिएका छन् ।
उनले अध्यक्ष पदमा पराजित भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका दिए । विधान अनुसार निर्वाचन समितिले उनको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, रावलले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै दिउँसो आपत्ति जनाएका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : २७ बजे