९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाटै चितुवाको छालासहित तीन जना पक्राउ



१५ मंसिर ०७८, काठमाडौँ । काठमाडौँ महानगरपालिका ९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ का २८ वर्षीय विशाल तामाङ, यसै ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका ३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।
काठमाडौँ महानगरपालिका ९ एयरपोर्ट एरियामा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले आज उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो ।

बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ४१ बजे