९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन




१७ मंसिर ०७८, भक्तपुर । भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ ।
जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ । सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । तर भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
पहिलो चरणमा आजदेखि १५ दिनसम्म सञ्चालन हुने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा वा मतदाता नामावली सार्नु परेमा जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।
मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।
भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३ सय ७१ मतदाता छन् । भक्तपुरमा ७७ मतदान स्थल र २ सय १५ मतदान केन्द्र छन् । स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा ५६ हजार ५ सय २६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६ सय ९२, मध्यपुर थिमि नगरपालिकामा ४० हजार ९ सय ४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २ सय ८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५७ बजे