
२० मंसिर ०७८, काठमाडौं । ५ बर्षअघि काठमाडौंको बसुन्धारामा चोरी गरेको मुद्दामा अदातलबाट चोरी प्रमाणितपछि एक पुरुष प्रहरीले पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार महानगरीय प्रहरी परिसरको विशेष टोलीले फरार प्रतिवादी खोजतलास गर्ने क्रममा वसुन्धाराबाट नुवाकोट विदुर नगर १३ घर भई काठमाडौं महानगर ३ वसुन्धारा वस्ने वर्ष ३८ को कुमार भन्ने तेज वहादुर मगरलाइ पक्राउ गरेको हो ।
उनलाई गत २०७३ साल चैत्र १२÷१७ गते काठमाण्डौ जिल्ला अदालतबाट काठमाडौको चेल्सी फाउण्डेशन वसुन्धाराबाट गत ७२ सालमा ३५ वटा बिभिन्न ल्यापटप चोरी गरेको मुद्दामा अदालतबाट २२ लाख ११, हजार ९ रुपैयाँ जरिवाना तिराउने फैसला भएको थियो ।
उनलाई जरिवाना र विगोसहित २२ लाख ८९, हजार २ सय तिराउने फैसला भएको थियो । त्यसमध्येबाट ७७ हजार२सय ५९ रुपैयाँ जरिवाना तिराउने फैसला भएको थियो । उनलाई अन्जु के.सी सापकोटा मुद्दा हालेकी थिइन् । प्रहरीका अनुसार उनी डाँका मुद्धामा २०६० सालमा पक्राउ परी ८ वर्ष कैद भुक्तान गरेर २०६८ सालमा छुटेका थिए ।
२० मंसिर २०७८, सोमबार
0
Shares







प्रतिक्रिया