१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेसको रामचन्द्र पौडेलइतरको बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाउने तयारी




२१ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहको बैठक आज मंगलबार बस्दैछ । कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।
त्यसका लागि सोमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेको थियो । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसो १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।