९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झम्सिखेलमा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु




२० मंसिर ०७८, ललितपुर । ललितपुरको झम्सिखेलमा माटोको डिस्कोले पुरिएरएक मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर बस्ने ईलाम घर भएका ४५ वर्षीय सन्तोष लिम्बुको मोटोको ढिस्कोले पुरिएर आइतबार दिउँसो मृत्यु भएको हो ।
ललितपुर महानगरपालिका ३ झम्सिखेलस्थित अमिक्षा कन्ट्रक्सनको ग्राउण्ड फ्लोरमा काम गर्ने क्रममा अचानक माटोको ढिस्को झरेर पुरिएका उनको मृत्यु भएको प्रहरीको भनाई छ । उनको उद्धार गरी उपचारको लागि पुल्चोकस्थित निदान अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : १६ बजे