२२ मंसिर ०७८, ललितपुर । ललितपुरको पाटन नःबहाल चक्रवहिलमा आगलागीपिडितलाई ललितपुर महानगरले १० लाख आर्थिक सहयोग गर्ने भएको छ । गत तिहारको म्हःपुजाको दिन आगलागीबाट घरमा ग्यास विस्फोट भई लक्ष्मीकृष्ण ताम्रकारसहिते ४ जना को मृत्यु भएकोे थियो ।
महानगरले बुधवार प्रेस विज्ञप्ती जारी गरी ताम्रकार परिवालाई सहयोग गर्ने घोषणा गरेको हो । आगलागीपछि ६७ बर्षिय लक्ष्मीकृष्ण ताम्रकार, उनकी छोरी ३५ बर्षिया अन्जना, ३५ बर्षकी बुहारी रचना र १० बर्षका नाति निर्मलको निधन भएको थियो ।
महानगरद्वारा जारी विज्ञप्तीमा ‘मानविय क्षतिको अगाडी आर्थिक सहयोग नगण्य हुने र मानवीय क्षतिलाई आर्थिक सहयोगले पूर्ति नगर्ने भए तापनि आफ्ना नागरिकको पीडाको साझेदार बन्न महानगरीय विपद् व्यवस्थापन समितिले उक्त परिवारलाई दश लाख सहयोग गर्ने निर्णय गरेको उत्येख गरेको छ ।विज्ञप्तीमा भनिएको छ, बैठकले आगलागीमा परेर घाईते भएका खर्च समेत महानगरले नै ब्यहोर्ने निर्णय गरेको छ ।’
महानगरको बैठक आगलागीबाट क्षतिग्रस्त त्यस घरको पुननिर्माणको लागि नक्सा पास गर्न लाग्ने राजस्व छुट समेत दिने निर्णय गरेको छ ।
आगलागी पछि ललितपुर महानगरको वडा नं. १२ र ताम्रकार समाजले एक लाखको अक्षय कोष खडा गरेको थियो ।
आगलागीपछि घाईते ४२ बर्षीय छोरा निरज ताम्रकार पाटन अस्पतालमा उपचारपछि घर फर्केका छन भने आगलागीबाट बच्न भाग्न क्रममा घाईते भएकी ३२ बर्षिया लक्ष्मीकृष्णका कान्छी छोरी सिर्जनाको अहिले पनि उपचार भइरहेको छ ।
२२ मंसिर २०७८, बुधबार
0
Shares
प्रतिक्रिया