१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका थापा करणी मुद्दामा २१ वर्षपछि पक्राउ   



२४ मंसिर ०७८, ललितपुर ।  प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट पक्राउ गरेको हो ।

अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो । तत्कालिन समयमा २० वर्षका रहेका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

यसैबीच ब्यूरोले वन्यजतुको अङ्गसहित चार जनालाई काठमाडौँ महानगरपालिका १५ चमतीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका विशाल सुनारी र टोपबहादुर राना, पश्चिम रुकुमका हरिबहादुर खड्का तथा रौतहटका धनबहदुर विश्वकर्मा छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ०१ बजे