९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा विद्यार्थीका लागि विशेष चित्रकला कक्षा सञ्चालन




२४ मंसिर ०७८, ललितपुर । चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि ललितपुरका विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ ।
योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आज शनिबारदेखि हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा कुपण्डोलस्थित हिमालय होटल अगाडिको सातोआकी भवन उक्त कक्षा चल्ने भएको हो । घरमा शनिबार बिदाका दिन के गरेर बसौँ भन्ने १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि सो कार्यक्रम अघि बढाइएको पिकासोका निर्देशक एवं चित्रकार अजय देसारले बताएका छन् ।
देशारले भने, “हामीले यस कक्षामा विद्यार्थीलाई उनीहरुको इच्छाअनुरुपको चित्र कोर्न सिकाउने छाँै, हरेक शनिबार मात्रै २५ विद्यार्थीलाई चित्रकला कोर्न सिकाइने छ ।” सुलभ शुल्कमा सो विद्यार्थीले छ महिनाको चित्रकला पाठ्यक्रमअर्थात् कोर्स सिक्न पाउने देशारले जानकारी दिएका छन् ।
मुलुकमा केही समयअघि फैलिएको कोरोना महामारीका कारण विद्यार्थीले अतिरिक्त गतिविधिमा खासै ध्यान दिन नपाएका कारण कतै उनीहरुमा भएको खुबी हराउने त होइन भन्ने डरका कारण सो कक्षा सञ्चालन गरिएको पिकासोका चित्रकार सूर्य दूतराजले बताए । मुलुकका विद्यालयमा खासै चित्रकला विषयपप्रति आकर्षण नदेखिएकाले सोतर्फ पनि विद्यार्थीको आकर्षण बढ्नुपर्छ भन्ने मनसायअनुरुप कक्षा चलाइएको अर्का चित्रकार सितु मास्केको भनाइ छ ।
पिकासोले नौ वर्षअघि ललितपुरमा स्थापना भएर यहाँका गाउँगाउँमा पुगी चित्रकलाको विकास गर्दै आएको छ । पिकासोमार्फत आफूहरुले वर्षको दुई पटक ललितपुरका धेरै ठाउँमा पुगी चित्रकला कोर्ने सिकाउने गरेको चित्रकार राजेश श्रेष्ठले बतए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।