८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवलमा सातदोबाटो पराजित



फाइल तस्विर

२५ मंसिर ०७८, काठमाडौं । विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग–२०७८ मा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो ।
मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे ।
बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत छ ।
पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो ।
चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : २२ बजे