१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरबाट काँग्रेसका उदय र मदनबहादुरबीच केन्द्रिय सदस्यमा रस्साकस्सी




ललितपुर खबर
२६ मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रसका मदनबहादुर अमात्य, उदयशम्सेर राणाबीच केन्द्रिय सदस्य पदमा तिब्र प्रतिश्पर्धा देखिएको छ । शनिबार भृकुटीमण्डपमा नेपाली काँग्रेसको १४औं महाधिवेशनमा देउवा प्यानलबाट उम्मेदवारी दिएसँगै दुवै नेताबीच प्रतिश्पर्धा हुने देखिएको हो ।
उदयशम्सेर राणाले देउवा प्यानलबाट ३५ जनाले उम्मेदवारी दिन पाउने खुला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । ललितपुरका पुर्व सभापति मदनबहादुर अमात्यले पनि शेरबहादुर देउवा प्यानलबाटै खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।
ललितपुर काँग्रेस निर्वाचनको प्रतिश्पर्धापछि मदनबहादुर र उदयशम्सेरबीच मनमुटाव छ । केही समयअघि उदयशम्सेरले मदनबहादुरलाई हातपातको आरोप लगाएर मिडियाबाजी गरेको आरोप लगाउदै मदनबहादुरले सार्वजनिक रुपमै खेद प्रकट गरेका थिए । उनीहरुबीच बोलचाल समेत नरहेको उदयशम्सेर निकट एक नेताले दावी गरे ।
सभापतिमा जित्ने बेलामा समर्थन गरेका उदय सम्शेरलाई अहिले ललितपुर काँग्रेसमा विजयी जितेन्द्रकुमार श्रेष्ठको समर्थन छैन । उनले भर्खरै प्रकाशमान सिंहको प्यानललाई समर्थन गरेका छन् ।
भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गराउन जाने क्रममा ललितपुर काँग्रेसका प्रत्यासी मदनबहादुरसँग रामकृष्ण चित्रकार,मीनकृष्ण महर्जन, गजेन्द महर्जन र चिरिवावु महर्जनसँगै नारालगाउदै गरेको भिडियो सार्वजनिक भएसँगै मदनबहादुरलाई ललितपुरका नेताको बलियो साथ रहेको देखिन्छ ।
ललितपुर भुगोलका जितजंग बस्नेतको पनि केन्द्रिय सदस्यमा उम्मेदवारी परेको छ ।
केन्द्रिय सदस्य खुल्ला महिलामा ललितपुरकी धना खतिवडाले पनि उम्मेदवारी दिएको ललितपर खबरलाई बताइन् । यो पदमा ९ जनाले जित्ने प्रावधान छ ।
साथै ललितपुा उर्मिला नेपाल,गिता सत्याल,रिसा महर्जन,मुद्दती केसीलेउपनि उम्मेदवारी दिएको खबर छ ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३७ बजे