१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस महाधिवेशन : मतपत्र छाप्न ढिलो भएपछि मतदान सु्रु भएन



नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतदान स्थल ।

२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज सोमबार बिहान ८ बजे तय भएकोमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका उम्मेदवारमध्येका शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलको निरीक्षण गरेका छन् ।
उनीहरु बिहान फरक–फरक समयमा मतदानस्थल पुगेका थिए ।
सभापतिका लागि कोइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेको बताए । ’मतपत्र छापेर ल्याइएको छ केही छिनमै मतदान हुन्छ,’ उनले भने ।
मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो । न्युज कारखाना

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ५९ बजे