१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशनः मतदान समय चार घण्टा थपियो



२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सोमबार बिहानदेखि जारी मतदान प्रक्रिया निर्धारित समयमा नसकिएपछि चार घण्टा समय थपिएको छ।

बिहान ११ बजेर २३ मिनेटदेखि सुरु भएको मतदान यसअघि निर्धारित समय साँझ ५ बजेसम्म नसकिएपछि राति ९ बजेसम्मलाई समय थपिएको हो।

कांग्रेसमा यसअघि सोमबार बिहान ८ बजेदेखिको मतदान तालिका थियो। तर झण्डै साढे ३ घण्टापछि नेता कुलबहादुर गुरुङले ११ बजेर २३ मिनेटमा पहिलो मत हालेका थिए।

करिब आधा मतदान भइसकेको अवस्थामा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन्।

कांग्रेसले भृकुटीमण्डपमा दुई ठाउँ र राष्ट्रिय सभागृहमा एक ठाउँलाई मतदान केन्द्र बनाएको छ।

जारी महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा मतदानका लागि २९ वटा कागजका मतपत्र बनाइएको छ।

महाधिवेशन प्रतिनिधिहरुले मतपेटिका बनाइएको पानी हाल्ने ट्यांकीमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले मतपत्र खसाइरहेका छन्।
कांग्रेसका ४ हजार ७४३ प्रतिनिधि (मतदाता) छन्। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।

यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ५९ बजे