१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय राति १०.३० बजेसम्म थपियो




२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय दोस्रो पटक थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर १०.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । राति ९ बजेसम्म चार हजार २९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।