१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा सात सय वर्ष पुरानो लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण सुरु




२७ मंसिर ०७८, काठमाडौं । भक्तपुर नगरपालिकाले आज सोमबार नगरपालिका ४ गःहिटीमा रहेको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माणको शिलान्यास गर्दैै उनले मौलिक सम्पदा संरक्षण र यसको महत्व बुझाउन नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि सिकाउनु आवश्यक भएको बताएका हुन् ।
कार्यक्रममा इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले जयस्थिति मल्लको पालामा बनेको ७ सय वर्ष पुरानो यो मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी नरसिंह मन्दिर भएको चर्चा गर्दै भक्तपुर १२औँ शताब्दीदेखिको सम्पदाहरुको संरक्षण आवश्यक रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिकाको नमूना ‘ख्वप मोडल’ देशका अन्य जिल्ला तथा स्थानीय तहहरुले पनि सिक्न चाहेको बताउका छन् ।
अध्यक्ष बिजुक्छेले भक्तपुरका अरू सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्दै पुनःनिर्माण पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेको १ सय २० वटा सम्पदामध्ये भक्तपुर नपाले १ सय १८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको बताए । उनले भूकम्पले भत्किएको यो मन्दिर पनि उपभोक्ता समितिमार्फत पुरानै मौलिक शैलीमा जनसहयोगसमेत रहने गरी सम्पन्न गर्ने बताएका छन् । मन्दिर पुनःनिर्माणमा कूल रु तीन करोड ७१ लाख २७ हजार ५१५ लाग्ने अनुमान गरिएको छ ।

दरबार हेरचाह अड्डा भक्तपुर कार्यालयका प्रमुख अरुणा नकर्मीले यस मन्दिरको पुरानो काठहरु बाँकी भएकाले त्यसलाई अनुसन्धान गरेर इतिहासका विषय खोज्न सकिने बताउनुभयो ।
–––

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ३८ बजे