८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको हनुमानघाटमा सुधारिएको शवदाह निर्माणको शिलान्यास




२७ मंसिर ०७८, भक्तपुर । भक्तपुर नगरपालिका ७ हनुमानघाटस्थित खोह्र दीपमा सुधारिएको शवदाह निर्माणको आज सोमबार शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिबाट निर्माण हुन लागेको शवदाह निर्माणको आज भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिलान्यास गरेकी छिन् ।
कूल रु ५७ लाख ५७ हजार ४सय ३३ को लागतमा सुधारिएको शवदाह निर्माणका लागि भक्तपुर नपाबाट पहिलो चरणमा रु २५ लाख बजेट विनियोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जानकारी दिएका छन् । शवदाह गर्दा दुई घण्टाभन्दा बढी समय नलाग्ने, परालले छोप्न नपर्ने, फलामे ढकनीको प्रयोग हुने, धुवाँ कम आउने भएकाले प्रदूषणमा कमी हुने, दाउरा साबिकभन्दा आधा मात्र लाग्ने र गुठीको परम्पराअनुसार संस्कार पु¥याएर दाहसंस्कार गर्न मिल्ने गरी निर्माण हुन लागेको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।