८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सुनाकोठीमा मोटरसाइकल दुर्घटनामा चापागाँउका युवकको मृत्यु



फाइल तस्विर

२९ मंसिर ०७८, ललितपुर । ललितपुरको सुनाकोठीमा आज बुधबारविहान मोटरसाइकल दुर्घटनामा चापागाँउका एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २६ सुनाकोठी चिवहालमा ना.७ त ५०२ नम्बरको ट्याक्टर र प्रदेश नम्बर ३–०२–००७ प ४३९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने १७ वर्षीय रोहन पुजारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका १२ बस्ने १८ वर्षीय अनिल दर्जीको यसै अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार ट्याक्टर चालकको प्रहरीले खोजी भइरहेको प्रहरीेले बताएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।