१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मत गनिनसक्दै कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी




१ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।
महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेसम्म ४३ सय ९० मत गनिसकिएको छ । अब साढे दुई सय मत गन्न बाँकी छ ।
थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् । उनी मत परिणामका आधारमा चौथो स्थानमा छन् ।
विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ३ : २४ बजे