८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै सामान चोर्नेसँग मिलापत्र गर्न भक्तपुर प्रहरीको दबाब




२ पुस ०७८,भक्तपुर । आफ्नै सामान चोरी गरेर कवाडी गोदाममा लैजानेसँग भक्तपुर प्रहरीले मिलापत्र गर्न दबाब दिएको आरोप लागेको छ ।
आफ्नो निर्माणाधीन भवनबाट केही सामान चोरी भएको निवेदनसहित महानगरीय प्रहरी परिसर भक्तपुर पुगेका एक सेवाग्राहीलाई प्रहरीले चोरीमा संलग्न आरोप लागेका व्यक्तिसँग मिलापत्र गर्न दबाब दिएको खुलेको हो ।
नाम नबताउने सर्तमा उनले आफ्नो निर्माणाधीन भवनबाट केही फलाम तथा मेसिनरी औजार चोरी भएको बताए ।
‘हाम्रो भवनबाट केही सामान गत राती चोरी भयो, चोरी भएको सामान खोज्न हामी भक्तपुरको सल्लाघारी छेउछाउका कवाडी पसलहरुमा गयौं, त्यहाँ हामीले हाम्रो सामान देख्यौं’, उनले भने, ‘त्यही आधारमा हामीले निवेदन दियौं, प्रहरीले निवेदनको आधारमा कवाडी सञ्चालकलाई नियन्त्रणमा पनि लियो।’
प्रहरीले कवाडी सञ्चालकलाई नियन्त्रणमा लिए पनि उनलाई कार्बाही गर्नुको सट्टा चोरी भएको सामानको क्षतिपूर्ति दिएर चोरी आरोप लागेकासँग मिलापत्र गराउन खोजेको उनको भनाइ छ।
‘तपाईंको ठाउँबाट जम्मा ३०÷३५ हजार रुपैयाँको सामान चोरी भएको रहेछ, सोबापत तपाईं क्षतिपूर्ति लिनुस्, कुरा मिलाउनुस’ भनी प्रहरीले भनेको पीडितले नाम उल्लेख नगर्ने सर्तमा भने।
यता महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले भने चोरीको उजुरीको आधारमा निवेदन लिएर एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानकै सिलसिलमा पीडितसँग भलाकुसारी गरिएको जानकारी दिए।
उनले चोरीको घटनामा मिलापत्र गराउने सोच प्रहरीको नभएको पनि बताए।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।