११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरका २३ जना कार्यपालिका सदस्यद्धारा महानगरको स्थापना दिवस वहिष्कार




२ पुस ०७८, ललितपुर । ललितपुर महानगरले आयोजना गरेको महानगर दिवस कार्यक्रम महानगरको २३ जना कार्यपालिका सदस्यले वहिष्कार गरेक खबर छ । महानगरको १ य ३ औ स्थापना दिवसमा वडा अध्यक्षलाईसमेत जानकारी नदिई कार्यक्रम गरिएको बताइएको छ ।
स्थापना दिवस गर्नुअघि अनिवार्य रुपमा कार्यपालिकाको बैठक बोलाउने प्रचलन भए पनि मेयर चिरिवावु महर्जनले प्रमुख प्रशासकीय अधिकृतको सल्लाहमा केही विभागीय प्रमुखसंग बैठक बसेर कार्यक्रम आयोजना गरेक श्रोतको भनाई छ । बिहिबार बिहान केही वडा अध्यक्षलाई फोन गरेर तपाई आउनुपर्छ है भन्ने बाहेक कुनै औपचारिक निम्तो दिइएको छैन ।
आज बिहान आयोजना गरेको स्थापना दिवसमा मेयर नजिकका केही कर्मचारी मात्र उपस्थित भएका थिए । नेपाल प्रहरीबाट अवकाश लिएर महानगरको कर्मचारीको हैसियतमा काम गरिरहेका सिताराम हाछेथुले कार्यक्रमको व्यवस्थापन गर्न गरेका थिए ।
नगर प्रहरीमा करारमा जागिर खान पुगेका हाछेथुले मञ्चदेखि सबै व्यवस्थापन गरेको महानगरका एक कर्मचारीले बताएका छन् । आज आयोजित कार्यक्रममा ३९ मध्ये २३ जनाले वहिष्कार गरेका छन् । ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य एवं वडा नम्बर २४ का अध्यक्ष दिनेश कार्कीले स्थापना दिवस मनाउनु अघि कुनैपनि बैठक नराखी गरेको कार्यक्रम वहिष्कार गरेको जानकारी दिए ।
उनले भने–‘बैठक नै नगरी कार्यक्रममा आइदिनुप¥यो भन्ने मेयरले मनपरी गरेका थिए ।’ यस्तो महत्वपुर्ण कार्यक्रममा जानकारी नै नदिने मेयर महर्जनले फेरी मनपरी गर्न थालेका उनको भनाई छ । महानगरपालिकाले आज प्रभात फेरी कार्यक्रम, २५ वर्ष पुरा भएका कर्मचारीलाई पदक र सम्मानपत्र कोरोना संक्रमितलाई नगद वितरण शुरु गरिएको थियो ।
करिब ६ महिना कार्यकाल बाकी रहेको अवस्थामा मेयर महर्जनले आर्थिक चलखेल गरी कर्मचारी भर्ति गरेको आरोप लगाइएको छ । मेयर महर्जनललाई करिब २ सय भन्दा बढी कर्मचारी भर्ति गरिसकेको आरोप लागेको छ । उनको अहिलेको धन्दा भन्नु नै कार्यकर्ता पोस्ने र महानगरमा मनपरी गर्नु रहेको छ– एक सदस्यले भने ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ३३ बजे