१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस खुला केन्द्रीय सदस्यको गणना सुरु : ६४ जना प्रतिस्पर्धाबाट बाहिरिने




३ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।
गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।
३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।
कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ । न्युज कारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।