११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा मतदाता नामावली सङ्कलन कार्य शुरु



४ पुस ०७८, काठमाडौं । टोखा नगरपालिकामा मतदाता नामावली कार्य शुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए । “टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ”, उनले भने । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : ११ बजे