१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको महेश्वरी भट्टाको गाडीको ठक्करपछि २ बर्षे नाबालकको मृत्यु, पिडितले पाएनन् न्याय



५ पुस ०७८,भक्तपुर । सुर्यविनायक नगरपालिका ८ भक्तपुरमा भट्टाका गाडीले ठक्कर दिदा भट्टाका मजदुर चमार सिङह लामाको २ वर्षीय नाबालक छोराको मृत्यु भएको छ । गतपुष २ गते दिउँसो अन्दाजी १ः५० बजे काभ्रे पलान्चोक पच्कहल नगरपालिका २ स्थायी घरभएका २६ बर्षीय राज लामाले चलाएका बा २ का १४१ नम्बर को निसान गाडीले ठक्कर दिदा बालकको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा मृतकका बाबु आमाले गतपुष ३ गते महानगरीय प्रहरी बृत जगाती भक्तपुरमा निष्पक्ष छानबिन र क्षतिपूर्ति समेत माग गर्दै गाडी चालक तथा गाडी साहु उपर कारबाही गरिपाउ भनि निबेदन दिएका छन् । काभ्रे पलान्चोकको रोशी गाउपलिका ३ स्थायी घर ठेगाना रहेका मृतकका बाबु आमा नाबालक बच्चा सहित १ महिना अगाडी इट्टा बनाउने मजदुरका रुपमा भट्टामा आएका थिए । सामान्य ज्यालामजदुरी गरी गुजारा गर्ने लामाको र बोलिदिने कोहि नहुदा दोषी उपर कुनैपनि किसिमको कारबाहीको पहलकदमी नभएको बुझिएको छ ।
मृतक बाबु चमारसिंह लामाले सरोकारवाला कोही पनि नआएको छलफल समेत नभएको छोरा गुमाएको पिडामा परेका आफ्ना सम्बन्धमा केहि पहल नभएको बताए । उनका अनुसार प्रहरी कार्यालयभित्र समेत गई प्रहरीलाई बुझ्न खोज्दा जाहेरी दिएको अव बाहिर गएर बस भनेको तर बाहिर बस्दा कुनै प्रकृया सुरु नभएको बताएका छन् । त्यसक्रममा बेलुकी साहुसँग छलफल गर्ने भनेकोे र प्रहरीले हस्पिटलमा लास कुर्न जान सल्लाह दिएको बताए । आफु इट्टाभट्टाका मजदुर भएकोले सहरमा डेरा नभएकोले कहाँ जाने भोलि किन आउने समेत अन्योल अवस्थामा भएको कुरा उनले बताए ।
उक्त सम्बन्धमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरका प्रहरी प्रमुख प्रहरी डिसपी रामबहादुर केसीका अनुसार पिडित र पीडक दुइ पक्षमा हुनुपर्ने छलफल भइरहेको छ । उनले भने, ‘भोलि टुङ्किने कुरा छ ।’

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४९ बजे