७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मन्त्री आलेद्वारा न्यानो लुगा वितरण   




६ पुस ०७८, डोटी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् । चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई लुगा वितरण गरिएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिए ।
मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि यहाँका नागरिकहरु खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताए । उनले भने, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।” जिल्लाका अन्य स्थानीयका त्यस्ता व्यक्तिलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।