१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा बैठकमा दुई अध्यादेश स्वीकृत



६ पुस ०७८, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।
उक्त दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ३ : ५९ बजे