२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवारमा भेटियो ऐतिहासिक शिलापत्र




७ पुस ०७८, पाटन । ललितपुरको पाटनस्थित दरवारपरिसरमा महत्वपूर्ण शिलापत्र फेला परेको छ ।
पाटन दरवारपरिसरमा भीमसेन मन्दिर अगाडी ढल निकास बनाउन पाइप राख्न खन्ने क्रममा ऐतिहासिक शिलापत्र भेटिएको हो ।
मन्दिर अगाडी पाइप राख्नका लागि खन्ने क्रममा १० फिट मुनि अन्दाजीसाढे ४ फिट अग्लो शिलापत्र भेटिएको हो । यो शिलापत्र पुरिएको अवस्थामा भेटिएको हो ।
उत्तर–लिच्छविकालिन लिपि प्रयोग भएको यो शिलापत्र उत्तर लिच्छवीकालीन नै हुनसक्ने अनुमान छ ।
शिलापत्र माटोले ढाकिएकोले सफा गरेर अक्षर ठम्याउने एक स्थानीयले बताए । उनका अनुसार शिलालेखको पुरातात्विक परिक्षणपछि पाटनका विषयमा एतिहासिक तथ्य फोला पर्न सक्छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ३६ बजे